भीसी तुल बहादुर पुनको नामको रेल बेलायतमा सञ्चालन

भीसी तुल बहादुर पुनको नामको रेल बेलायतमा सञ्चालन


लण्डन । बेलायतको ग्रेट वेस्ट्रन रेलवेको प्याडिंगटनदेखि ब्रिस्टलसम्मको सेवामा सञ्चालन गरिने ट्रेनहरुमध्ये एकको नामाकरण भीसी तुल बहादुर पुन गरी यही २३ जुन, बुधबारदेखि सञ्चालनमा आएको छ । अभिनेत्री जोयना लुम्ले, गुर्खा ब्रिग्रेड एस्सोसिएस, ग्रेट वेस्ट्रन रेलवे, गुर्खा म्युजियम आदिका अधिकारीहरुसहति भीसी पुनका छोराछोरीलगायत भूपू गुर्खाहरुको उपस्थितिमा भएका उक्त समारोहमा भीसी पुनका बहादुरीसहित गुर्खा इतिहासको चर्चा विभिन्न वक्ताहरुले गरेका थिए ।

भिक्टोरिया क्रसको शुरुवात २९ जनवरी, १९५६मा बेलायत र रुसबीच क्राइमिएन वारमा रानी भिक्टोरियाद्वारा गरिएको थियो । भीसी पदक प्राप्त गर्ने १३५५ जनामध्ये पहिलो र दोस्रो विश्व युद्धमा बीरता देखाउने १३ जना गुर्खाहरु थिए, उनैमध्ये एक भीसी तुल बहादुर पुनको सम्मानमा उनको नाममा रेलवे सेवाको एक ट्रेनको नामाकरण गरिएको हो । २३ जुन, १९४४मा वर्माको मोगाउनमा भएको रेलको पुललाई एक्लै २१ वर्षीय राइफलम्यान पुनले रक्षा गर्न सफल भएको र सो लडाइँमा उनको बहादुरीको उच्च कदर गरेर उनलाई प्रदान गरिएकोलाई मध्यनजर राखेर विशाल पश्चिमी रेल सेवाले सोही दिन पारी भीसी पुनको नाममा एक ट्रेनको नाम राखेको हो । विशाल पश्चिमी रेल सेवाको यस कदममा सम्पूर्ण गुर्खासहित बेलायतबासी नेपालीहरु गौरवान्वित महशुस गरेका छन् ।

२३ मार्च १९२३मा म्याग्दीमा जन्मेका भीसी तुल बहादुर पुनको म्याग्दीमै २० अप्रिल २०११ मा मृत्यु भएको थियो । उनकी श्रीमती हाल नेपालमा नै बसोबास गर्दछिन् भने छोरा अर्जुन पुन र छोरी मेघना पुन हाल बेलायतमा बसोबास गर्दछन् ।