अँगालोमा बाँधेर लिएको एक चुम्बनले मन्त्रीको जागिर गयो

अँगालोमा बाँधेर लिएको एक चुम्बनले मन्त्रीको जागिर गयो


लण्डन । आफ्नो नजिककी साथी तथा कार्यकी सहयोगी, जीना कोलादानगेलोलाई मन्त्री कार्यालयमा अँगालोमा बाँधेर चुम्बन गरेको भीडीयो सार्वजनिक भएपछि बेलायत सरकारको स्वास्थ्यसचिव म्याट ह्यान्कक आफ्नो पदबाट राजीनामा दिन बाध्य भएका छन् । उनले परस्त्रीसँग राखेको अनैतिक सम्वन्धको भन्दा आफै स्वास्थ्य सचिव भएर कोभिड १९को बारेमा नीतिहरुको निर्माण गर्दै सामाजिक दुरी राख्ने अर्थात् दुई मीटरको दुरी कायम गर्ने, आफ्नै परिवारका बाहेक अन्यलसँग नअँगालिने, चुम्बन नगर्ने आदि खालका नियम जनताका लागि पारित गर्ने ह्यान्ककले कार्यालयकी सहयोगीलाई अँगालेर चुम्बन गरेकोले कोभिड विरुद्धको कानून तोडेकोमा ज्यादा ध्यान दिइएको लागे तापनि फेशन टाइकुन ओलभिरकी पत्नी, तीन सन्तानकी आमा त्रिचालीस वर्षीया जीनासँग, मार्था होएर मिलारसँग पन्ध्रवर्षअघि विवाह गरेर तीन सन्तानका बाबु बनिसकेका बयालीस वर्षीय ह्यान्ककले राख्ने सम्वन्ध आफैमा अनैतिक हो र अनैतिक कार्यको अपेक्षा निम्न रुपमा बेलायतको सरकारमा राखिँदैन । यी दुईकाे बारेमा साे कार्यालयमा प्रायजसाे सबैलाई केही हदसम्म थाहा हुने भएकाे भए तापनि ती दुईले याे सम्वन्धलाई सक्दाे गाेप्य राख्ने गरेकाे लुकेर भीडीयाे खिँच्ने साेही कर्मचारीले समाचारमा खुलाएकाे पनि चर्चा छ ।

त्यसैले पनि कन्जर्वेटिभ सांसद, मन्त्रीहरू र तल्लो तहका कन्जर्वेटिभहरूले प्रधानमन्त्री बोरिस जोनसनको चाहनालाई अवहेलना गरेर म्याट ह्यान्ककलाई सरकारबाट बर्खास्त गर्ने माग गरेपछि म्याट ह्यान्ककले स्वास्थ्य सचिवको रूपमा राजीनामा गरेका छन् । प्रधानमन्त्री जोन्सनले आफूसँग ह्यान्ककले गल्ती स्वीकारेर माफी मागेकोले सो स्वीकार गरेको समाचार ल्याएर उनलाई नहटाउने पर्यायका चाहना समाचारको रुपमा प्रकाश ल्याएपछि उनकै सरकारमा पनि असन्तुष्टीको लहर चलेको थियो । हुन त प्रधानमन्त्री जाेन्सन पनि यस प्रकारकाे सम्वन्ध राख्नबाट आफै अछुत हाेइनन् । बाेरिस आफैले भर्खरै तेस्राेपटक विवाह गरेका हुन् र आधा दर्जनभन्दा बढी सन्तानका पिता हुन् ।

आफ्नो राजीनामा पत्रमा ह्यान्ककले भनेका छन् : “हामीले महामारीको बिरूद्ध लड्न देशको रूपमा कडा परिश्रम गरेका छौं। मैले चाहेको अन्तिम कुरा भनेको मेरो निजी जीवन, मेरा निजी कृयाकलापहरुले महामारीको बिरूद्ध लड्ने कार्यउपरको ध्यान विचलित गर्नु हो तर जुन अहिले त्यस्तै हुँदैछ । म कोभिड विरुद्धको नियम उलंघन गरेकोमा माफीको लागि दोहोर्याउन चाहन्छु, र मेरो परिवार र प्रियजनहरूलाई यस्तो अप्ठ्यारो र अप्रिय अवस्था पुर्याएकोमा माफी माग्दछु। यस समयमा मलाई पनि आफ्ना बच्चाहरूसँग बस्न आवश्यक छ। ”

आफ्नो पत्रमा ह्यान्ककले ‘एनएचएस स्टाफको समर्पण र साहस’ को प्रशंसा गरेका थिए ।

गएको राति नै प्रधानमन्त्री जोन्सनले ह्यान्ककको राजीनामा स्वीकार गरेपछि, साजिद जाविद, पूर्व चान्सलर र गृह सचिव, ह्यान्ककको प्रतिस्थापनको रूपमा प्रधानमन्त्री कार्यालयले घोषित गरेको छ । जाविद गत वर्ष फेब्रुअरीमा चान्सलरको पदबाट राजीनामा गरेका थिए । सो बेला प्रधानमन्त्रीले साजिद जाविद चान्सलर पदमा रहन चाहे भने उनलाई नजीकका आफ्ना सहयोगीहरूलाई हटाउने र प्रधानमन्त्री कार्यालयले छानेका सल्लाहकारहरू बदल्ने आदेश दिएका थिए ।

म्याट ह्यान्कक र जीना कोलादानगेलो अक्स्फोर्ड युनिभर्सिटीताकाका प्रेमीहरु थिए । एउटा चुम्वनले गर्दा म्याट ह्यान्कककाे राजनीतिक जीवन धरासायी भएकाे छ भने उनकाे पन्ध्रवर्षकाे मार्था होएर मिलारसँगकाे वैवाहिक जीवन पनि समाप्त भएकाे छ । ह्मयान्ककसँगै सल्लाहकार पदबाट राजीनामा दिएकी जीनाकाे वैवाहिक जीवन र व्यावसायिक जीवनमा परेकाे असरकाे बारेमा समाचारहरु अहिले बाहिरिएका छैनन् ।