जापानमा स्वास्थ्य सङ्कटकाल लम्बिन सक्ने

जापानमा स्वास्थ्य सङ्कटकाल लम्बिन सक्ने



टोकियोमा कोभिड-१९को महामारी अझै पूर्ण नियन्त्रणमा आइनसकेको सङ्केत गर्दै जापानका आर्थिक पुनरुद्धार मन्त्री निशिमुरा यासुतोशीले महामारी नियन्त्रणका उपायस्वरूप अझै थप केही समय स्वास्थ्य सङ्कटकाल जारी रहने बताएका छन् ।

महामारी नियन्त्रणमा लिनका लागि राजधानी टोकियोसहित सङ्क्रमण बढी रहेका निश्चित क्षेत्रहरूमा कोभिड-१९ नियन्त्रणका उपायहरूलाई अवलम्बन गर्नुपर्ने देखिएंको उनको भनाइ छ ।

आइतबार एनएचकेको बहस कार्यक्रममा निशिमुराले अहिल्यै महामारी नियन्त्रण नभएको तर टोकियोमा भएको प्रकोपको अवस्थामा सुधार भएको संकेत गरे ।

उनले कोभिड सङ्क्रमण फैलिन नदिन अपनाइएका कडा नियमहरू बमोजिम मदिरा बेचबिखन गरिरहेका बार र रेष्टुरेन्टहरूमा कडा कदम चाल्न सक्ने विचार गर्न व्यक्त गरे ।

देशभरको अवस्थाबारे उहाँले भनेका छन्, ‘हल्कादेखि मध्यम लक्षण भएका युवा बिरामीहरूको वृद्धिको कारण आगामी दिनमा सानोदेखि मध्यम आकारका अस्पतालहरूमा भार पर्नेछ । यसमा सबैको सहयोगका लागि सरकारले अपिल गर्दछ ।’

सरकारका प्रतिनिधिले अस्पतालको शैय्यामा निगरानी राखिने र स्वास्थ्य सेवाहरूलाई थप प्रभावकारी बनाइने बताएका छन् ।

एनएचके वर्ल्डले उनलाई उद्धृत गर्दै भनेको छ, ‘बन्द स्थान, भीडभाड भएका ठाउँलगायतका स्थानमा भाइरसको सङ्क्रमण फैलिनसक्ने विज्ञहरूको सुझाबपछि सङ्कटकाल हटाइहाल्ने अवस्था देखिएन ।’