काठमाडौं उपत्यकामा यात्रुवाहक सार्वजनिक सवारी साधन सञ्चालन हुने

काठमाडौं उपत्यकामा यात्रुवाहक सार्वजनिक सवारी साधन सञ्चालन हुने


पछिल्लो २४ घण्टामा थप ४२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २,४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११,६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १,५०९ र एन्टिजेन विधिबाट ९३५ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ३,८५३ जना निको भएका छन् भने थप ४२ जनाको मृत्यु भएको छ ।

यसै क्रममा काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक यात्रुवाहक सवारीसाधन जोरबिजोर प्रणालीमा सञ्चालन हुने भएका छन् । २५ सिट क्षमतामाथिका बस सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी संख्यामा यात्रु नराख्ने गरी सञ्चालन गर्न पाइने बताइएको छ ।

बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाइने भए पनि माइक्रो बस सञ्चालनको अनुमति भने अझै दिइएको छैन ।

सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालन गर्दै भौतिक दूरी कायम हुने गरी सञ्चालन गर्न सक्ने प्रशासनिक निर्देशन रहेको छ । सार्वजनिक यातायात सञ्चालन गर्दा चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्ने शर्त राखिएको छ।