थपिए राजकुमार !

थपिए राजकुमार !



नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेसनमा शेरबहादुर देउवा र आरजुका ‘राजकुमार’ जयवीर सिंह देउवालाई पनि सहभागी गराइन लागेको समाचार प्राप्त भएको छ ।

देउवानिकट सूत्रका अनुसार जयवीरलाई काठमाडौं, बर्दिया या डडेलधुराबाट महाधिवेशन प्रतिनिधि बनाएर ल्याउने र महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनाउनेबारे विमर्श भइरहेको छ । चौधौँ महाधिवेशनबाट केन्द्रीय सदस्य चयन गर्न सकिए पन्ध्रौँ महाधिवेशनमा सभापति या महामन्त्री बनाउन सकिने विश्वास देउवा दम्पत्तिको रहेको छ ।

काङ्ग्रेसमा युवा पुस्ताका नेताहरूको खोजी हुन थालेपछि रामचन्द्र पौडेलले आफ्ना सुपुत्र चिन्तन पौडेललाई अघि बढाएका छन् भने अन्य मझौला नेताहरूबाट पनि आफ्नै परिवारका सदस्यहरू मध्ये कसैलाई नयाँ पुस्ताका नेताका रूपमा अघि सार्ने गृहकार्य भइरहेको छ । यसै क्रममा सभापति देउवाले पनि आफ्नो ‘राजकुमार’लाई पार्टीको कमाण्ड प्राप्त हुने पृष्ठभूमि तयार गर्न लाग्नुभएको हो । आफ्ना छोराहरूलाई केन्द्रीय सदस्य बनाउन यही महाधविशेनमा देउवा र पौडेलबीच सहमति बन्यो भने कुनै आश्चर्य हुने छैन ।

जयवीर सिंह देउवा र चिन्तन पौडेल अघि बढेपछि काङ्ग्रेसमा युवा पुस्ताको माग पूरा हुने र यसले युवाका नाममा राजनीति गर्दै आएका केहीको दादगिरी अन्त्य गर्ने विश्वास गरिएको छ ।