भिडियो खिचेको विषयमा विवाद हुँदा युवकको ज्यान गयो

भिडियो खिचेको विषयमा विवाद हुँदा युवकको ज्यान गयो


  • श्याम क्षेत्री, कपिलवस्तु

भिडियो खिचेको विषयमा सामान्य विवाद हुँदा कपिलवस्तुमा एक जनाको ज्यान गएको छ । जिल्लाको मायादेवी गाउँपालिका ४ पिपरा बस्ने वर्ष २३ को जाबेद मुसलमान र सोही स्थानका बद्दाम भन्ने इस्तियाक अहमद मुसलमानबीच भिडियो खिचेको सामान्य विवाद भएको थियो ।

सोही विषयलाई लिएर बद्दाम भन्ने इस्तियाक अहमद मुसलमानले जाबेद मुसलमानको टाउकोमा काठको खटियाको पाटी (सिरइ)ले हिर्काइ सख्त घाइते बनाएका थिए ।

जाबेदको उपचारको क्रममा भीम अस्पताल भैरहवामा मृत्यु भएको हो । घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।

प्रहरीले घटनामा संग्लन मायादेवी गाउँपालिका वडा नं. ४ पिपराका २८ वर्षीय गफ्फार भन्ने सद्दाम अहमद मुसलमान र सोही स्थानका बद्दाम भन्ने इस्तियाक अहमद मुसलमानलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।