जापानमा वर्गाकार खर्बुजा बजार पठाइयो

जापानमा वर्गाकार खर्बुजा बजार पठाइयो


  • विशेष प्रतिनिधि, खागावा (जापान)

जापानको महँगो र विश्वभर चर्चा बटुल्न सफल वर्गाकार (स्क्वायर) खर्बुजा यस वर्ष पनि बिक्रीका लागि बजारमा पठाइएको छ ।

खागावा केनको जेन्चुजीको फार्मबाट बिक्रीका लागि बजारमा पठाइए तापनि यो पहिलो लटको वर्गाकार खर्बुजाहरु काँचै बजारमा पठाइएको बुझिएको छ । त्यसैले यिनिहरु खाने प्रयोजन नभइ सजावट (डिपार्टमेन्ट स्टोर, सुपरमार्केट आदिमा) राख्नका लागि खरिद गरिनेछ । जापानका यस्ता वर्गाकार। खर्बुजाहरु मुल्य एउटाको १० देखि १५ हजार येनसम्म पर्दछ ।

वर्गाकार खर्बुजा प्राकृतिक नभई यसलाई कृत्रिम रुपमा दिइएको आकृति हो । जापानमा यस्तो वर्गाकार खर्बुजा उत्पादन गर्न थालिएको ५० वर्ष भइसकेको छ भने पहिलेका तुलनामा उत्पादन घट्न थालेको छ । यस्ता महँगा र विशेष खर्बुजाहरु एउटै ६ केजीसम्मका हुने गर्दछन् ।