आइतबार थपिए १,६०३ संक्रमित, २७ जनाको मृत्यु

आइतबार थपिए १,६०३ संक्रमित, २७ जनाको मृत्यु



नेपालमा पछिल्लो २४ घण्टामा थप १,६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार ४,८७६ जनाको पीसीआर परीक्षणमा १,०४२ र ३,२५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १,६०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ३४२, ललितपुरका ८८ तथा भक्तपुरका ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९,२२५ पुगेको छ ।

मन्त्रालयका अनुसार आइतबार २,५५२ जना संक्रमणमुक्त भएका छन् भने देशभर हालसम्म २६,१७९ सक्रिय संक्रमित रहेका छन् ।