क्यानडामा आगलागीमा परी कम्तीमा सात पाकिस्तानीको मृत्यु

क्यानडामा आगलागीमा परी कम्तीमा सात पाकिस्तानीको मृत्यु



क्यानडाको ओटावा शहरमा क्यानाडा उत्सवपछि एक घरमा आगलागी हुँदा कम्तीमा चार बच्चासहित सात पाकिस्तानीको मृत्यु भएको छ ।

क्यानाडाको प्रहरीलाई उद्धृत गर्दै न्यूज इन्टरनशनले सम्प्रेषण गरेको समाचार अनुसार क्यानाडा दिवसको दिन आइतबार क्यालगारीको पूर्वमा रहेको चेस्टमेरस्थित एक आवासीय घरमा क्यानाडा दिवसको उपलक्षमा एक समारोहपछि बिहान करिब २ः३० बजेतिर आगलागी भएको र तीन वयस्क र चार बालबालिका गरी सात जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १२ वर्ष मुनिका बालबालिका रहेको प्रहरी अधिकृत ट्यामी कैबेलले बताउनुभयो ।

उक्त आगलागीमा एक बयस्क र चार बालबालिकाले भागेर जीवन बचाउन सफल भएका घरधनी अमजाद कमलले बताएका एएन्आईले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान सुरू गरिएको बताइएको छ ।