सोमबार नेपालमा थपिए २,६२२ संक्रमित, मृत्यु हुनेको संख्या ९,२४८

सोमबार नेपालमा थपिए २,६२२ संक्रमित, मृत्यु हुनेको संख्या ९,२४८



नेपालमा सोमबार थप २,६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७,४९९ पीसीआर तथा ४,०२८ एन्टीजेन गरी ११,५२७ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौं उपत्यकामा मात्रथप ५६२ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंका ३७८, ललितपुरका १२४ तथा भक्तपुरका ६० जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोमबार देशभर २३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९,२४८ पुगेको मन्त्रालयले जनाएको छ ।

गत चौबीस घन्टामा २ हजार २ सय ११ संक्रमणमुक्त भएका छन् । देशभर हालसम्म २५ हजार ६ सय ९० सक्रिय संक्रमित रहेका छन् ।