पत्रकारमाथि धम्की, महासंघको ध्यानाकर्षण

पत्रकारमाथि धम्की, महासंघको ध्यानाकर्षण


  • जापान प्रतिनिधि

समाचार लेखेको विषयलाई लिएर जापानमा संचारकर्मी विनोदकुमार सापकोटालाई गैरआवासीय नेपाली संघ नायोगाका मल्लपक्षीय क्षेत्रिय समितिका संयोजक मनोज मल्लले अपशब्द प्रयोग गरि धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघ जापान शाखाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार अध्यक्ष मोहन घले र सचिव शान्तकुमार पाहारीले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै प्रकाशित समाचारको विषयलाई लिएर निर्वाचनको निम्ति बनेको ग्रुपमा अपशब्द प्रयोग गरेर पत्रकारलाई धम्क्याउनु निन्दनीय कार्य हो भनेका छन् । घटनाको छानबिन गरि दोषीमाथि कारबाही गर्न सम्बन्धित पक्षसँग उनीहरुले माग गरेका छन् ।

समाचार सामाग्रीप्रति चित्त नबुझे कानुनी उपाचार खोज्न सकिने विषयलाई उपेक्षा गरेर पत्रकारलाई धम्क्याइनु प्रेस स्वतन्त्रताविरोधी काम हो भनी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एनआरएनए जापान नागोया क्षेत्रीय अधिवेशनका सन्दर्भमा आइतबार प्रकाशित एनआरएनए नागोयाको विवाद तत्काल समाधान गर्न १४ संघ संस्थाको आग्रह शीर्षकको समाचारमा मल्लले पत्रकार सापकोटालाई अपशब्द प्रयोग गर्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए ।

घटनाको सन्दर्भमा सरोकारवाला दुवै पक्षलाई बोलाई सत्यतथ्य जानकारी दिनका लागि महासंघका सल्लाहकार कविकिरण न्यौपानेलाई आग्रह गरिएको छ । पत्रकारलाई आचारसंहिताभित्र रहेर समाचार सम्प्रेषण गर्न पनि अनुरोध गरिएको छ ।