नाइजेरियामा अपहरणमा परेका २२ विद्यार्थी प्रहरीद्वारा अपहरणमुक्त

नाइजेरियामा अपहरणमा परेका २२ विद्यार्थी प्रहरीद्वारा अपहरणमुक्त


नाइजेरियाको एक विद्यालयबाट अपहरणमा परेका २७ जना बालबालिकालाई सकुशल अपहरणमुक्त गरिएको छ । नाइजेरियाको उत्तरपश्चिमी प्रान्त कादुनाबाट अपहरणमा परेका ती बालबालिकालाई प्रहरीले अपहरणमुक्त गरेको हो । उनीहरुलाई सकुशल अपहरण मुक्त गराइएको प्रहरीले जानकारी दिएको छ ।

सिन्ह्वाले जनाएअनुसार नाइजेरियाको दामिसी नगरको एक विद्यालयबाट अपहरणमा परेका उनीहरुलाई मुक्त गरिएको हो । सो विद्यालयबाट उनीहरुलाई सोमबार अज्ञात व्यक्तिहरुले अपहरण गरेका थिए । साथै त्यहाँबाट अरु पनि कैयौँ विद्यार्थी अपहरणमा परेका थिए ।

उनीहरुलाई अपहरण गर्ने योजनाका साथ ती अज्ञात व्यक्तिहरु हतियारसहित पुगेका थिए । उनीहरुले सो विद्यालयका सुरक्षा गार्डलाई गोली प्रहार गरेर विद्यालयभित्र छिरेका र अपहरण गरेका थिए ।

छात्रबासमा रहेका विद्यार्थीलाई अपहरण गरिएको प्रहरीले जनाएको छ । बाँकी विद्यार्थीलाई पनि अपहरणमुक्त गराउनका लागि प्रहरीले प्रयास गरिरहेको जनाइएको छ ।