आयल निगमद्वारा एलपी ग्याससहित सबै इन्धनको मुल्य वृद्धि

आयल निगमद्वारा एलपी ग्याससहित सबै इन्धनको मुल्य वृद्धि



अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै नेपाल आयल निगमले फेरि इन्धनको मूल्य वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्याससहित सबै इन्धनको मूल्य मंगलबार राति १२ बजेदेखि लागु हुने गरी बढाइएको हो ।

पछिल्लोपटक निगमले ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ, डिजेल र मटितेलमा २–२ रुपैयाँ बढाउने निर्णय गरेको छ । यसअनुसार अब एलपी ग्यासको प्रतिसिलिण्डर १४ सय २५ रुपैयाँ, पेट्रोलको १ सय २९ रुपैयाँ, डिजेल र मटितेलको १ सय १२ रुपैयाँ कायम भएको छ ।

निगमले हवाई इन्धनतर्फ पनि मूल्य समायोजन गरेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ वृद्धि गरे ८४ रुपैयाँ, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १९ डलरले वृद्धि गरेर ७ सय ५४ कायम गरेको जनाइएको छ ।