बुधबार थपिए २,९७९ संक्रमित, थप २८ जनाको मृत्यु

बुधबार थपिए २,९७९ संक्रमित, थप २८ जनाको मृत्यु



नेपालमा पछिल्लो २४ घण्टामा मुलुकमा २९७९ जना कोरोना संक्रमित थपिएका छन् । ११,८९८ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा मात्र ५४३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्ख्या मन्त्रालयले जनाएअनुसार काठमाडौंमा ३९०, ललितपुरमा ८६ र भक्तपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, बुधबार थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा १,३३३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमण दरमा पुनः वृद्धि भएको जनाएको छ । बताइएअनुसार मंगलबार संक्रमण दर २६.५ प्रतिशत पुगेको छ ।