चिनियाँ विद्यार्थीलाई भिसामा कडाइको निर्णयबारे पुनर्विचार गर्न अमेरिकासँग आग्रह

चिनियाँ विद्यार्थीलाई भिसामा कडाइको निर्णयबारे पुनर्विचार गर्न अमेरिकासँग आग्रह



चीनले अमेरिकालाई आफ्नो गल्ती सच्याउन र अमेरिकामा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूको भिसाका लागि आवेदनमा पुनर्विचार गर्न आग्रह गरेको छ ।

अमेरिकामा पढ्न चाहने ५०० भन्दा बढी चिनियाँ विद्यार्थीहरूले अमेरिकास्थित चिनियाँ दूतावासलाई पत्राचार गर्दै हालै भिसा आवेदनलाई अमेरिकाले अस्वीकार गरेको बताएका चिनियाँ अधिकारीले दाबी गरेका छन् ।

यसैबीच चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले विद्यार्थीको गुनासोबारे भनेकी छन्, ‘अमेरिकी भिसा प्रतिबन्धात्मक उपायहरू अमेरिकाको ’चिनियाँ विद्यार्थीहरुलाई स्वागत’ भन्ने भनाइसँग विरोधाभाषपूर्ण छ । यसले अमेरिकामा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूको वैध अधिकार र चासोलाई गम्भीर क्षति पुऱ्याउँछ र दुइ देशबीचको सामान्य सांस्कृतिक आदानप्रदान तथा शैक्षिक सहयोगलाई गम्भीर रूपमा कमजोर पार्छ ।’

तत्कालिन ट्रम्प प्रशासनले लिएको कदमबारे अमेरिकी राष्ट्रपति बाइडेनले पुनर्विचार गर्ने विश्वास आफूहरुले लिएको च्येनले जनाएकी छन् ।