भारतको सेरम इन्स्टिच्यूट (एसआईआई) द्वारा निर्मित तथा एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयद्वारा विकसित गरिएको कोभिड–१८ विरूद्धको कोभिशिल्ड खोपलाई बेल्जियमले मान्यता दिएको छ । भारतस्थित बेल्जियमको राजदूतावासले शुक्रबार जनाएअनुसार बेल्जियमको यो निर्णय खोपको प्रभाबकारितामाथि प्रश्न उठाइरहेका कतिपय एशियाली मुलुकका लागि पनि खोप चयनको महत्वपूर्ण आधार बनेको छ ।
भारतस्थित बेल्जियमको राजदूतावासद्वारा सामाजिक सञ्जाल ट्वीटरमार्फत जारी सन्देशमा भनिएको छ, ‘निर्णय खोप असमान वितरणका कारण कोभिड–१९विरूद्धको अभियानमा पछि देखिएका भारत, नेपाल, भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेशको लागि महत्वपूर्ण हुनेछ ।’
यस हप्ताको सुरूमा नेदरल्याण्ड्सले यात्रीहरूको लागि कोभिशिल्ड खोपलाई अनुमोदन गरेको थियो ।
ज्ञातव्य छ, स्विट्जरल्याण्ड, आइसल्याण्ड र सात ईयू देशहरूले पनि सेरम इन्स्टिच्युटद्वारा निर्मित अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपलाई जुलाई १ मा प्रयोगका लागि अनुमति दिएका थिए । भारतका परराष्ट्र मामिलामन्त्री एस जयशंकरले युरोपेली समूह राष्ट्रहरूलाई कोभिड–१९ खोप प्रयोगका लागि अनुमति दिन पत्राचार गरेको एक दिनपछि खोपले मान्यता पाएको हो ।
अन्तर्राष्ट्रिय एजेन्सीहरूका अनुसार अस्ट्रिया, जर्मनी, स्लोभेनिया, ग्रीस, आइसल्याण्ड, आयरल्याण्ड, इस्टोनिया र स्पेनले कोभिशिल्डलाई यात्रा प्रवेशका लागि स्वीकारेको पुष्टि गरेका छन् । कोभिशिल्डलाई स्केन्जेन राज्य स्वीजरल्याण्डले पनि अनुमति दिइसकेको छ ।
भारत सरकारले इस्टोनियाको यात्राका लागि आधिकारिक सबै खोपहरूलाई मान्यता दिन यो निश्चित गरेको भारतीय अधिकारीले बताएका छन् ।
कोभिशिल्ड र कोभ्याक्सिन लिने व्यक्तिलाई छुट दिन बिचार गर्न भारतले ईयूका सदस्य राष्ट्रहरूलाई अनुरोध गरेका थिए । ईयू डिजिटल कोभिड सर्टिफिकेटको मान्यताका लागि यसले पारस्परिक नीति स्थापना गर्ने बताइएको छ ।
प्रतिक्रिया