प्रधानमन्त्री ओली सिन्धुपाल्चोकको बाढी-पहिरोप्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली सिन्धुपाल्चोकको बाढी-पहिरोप्रभावित क्षेत्रमा



प्रधानमन्त्री केपी शर्मा ओली सिन्धुपाल्चोकको बाढी-पहिरोप्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि हेलम्बु पुग्नुभएको छ ।

हेलम्बु क्षेत्रबाट मेलम्ची क्षेत्रमा पुग्ने र मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि प्रधानमन्त्री ओली गणेशबगर पुग्ने कार्यक्रम छ । उहाँले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्नुहुने बताइएको छ ।

प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत हुनुहुन्छ ।

मनसुन शुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको क्षति भएको थियो ।

pict:rss