दक्षिण कोरियामा कोभिड १९ का अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका बताइएको छ । यहाँका अधिकारीहरुले चौथो दिन शनिबार पनि यहाँ कोरोना भाइरसका संक्रमितहरु बढिरहेको बताएका समाचारमा जनाइएको छ ।
दक्षिण कोरियाका अधिकारीहरुलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड १९ का संक्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन् । पछिल्लो २४ घन्टायता मात्र एक हजार ३७८ जना कोभिडका संक्रमितहरु भेटिएपछि चिन्ता व्यक्त गरिएको छ ।
दक्षिण कोरियाका अधिकारीहरुले बितेको ६ महिनापछि एकै पटक यतिधेरै संख्याका संक्रमित पहिलो पटक देखिएको प्रतिक्रिया दिएका छन् । उनीहरुले चार दिनदेखि निरन्तर रुपमा संक्रमितहरु बढ्दै गएको बताएका हुन् । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ कोभिडको चौथो वेभ शुरु भएको पनि बताएका छन् ।
योसँगै दक्षिण कोरियामा कोभिडका संङ्क्रमितको संख्या १ लाख ६६ हजार ७२२ जना पुगेको छ ।
स्वास्थ्य अधिकारीहरुले यसै हप्ता अर्थात् यही जुलाई १ देखि ७ तारिखसम्ममा देशैभर देखिएको संक्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५४ प्रतिशत बढी देखिएको जनाएका छन् । यो तथ्यांक आएपछि अधिकारीहरुले गत बुधबार नै दक्षिण कोरिया औपचारिक रुपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए ।
शनिबार देखिएका यी संक्रमतिहरुमा करिब आधाजति त राजधानी सोलकै रहेका पाइएको छ । कोरिया सरकारले यहाँ कोरोनाविरुद्धको खोपको अभियानलाई ब्यापक बनाइएको जनाएको छ ।
प्रतिक्रिया