नेपाल र भारतबीच संधोधित रेलवे सम्झौतापत्रमा शनिबार भएको हस्ताक्षर तथा सम्झौता आदानप्रदानको नेपाल चेम्वर अफ कमर्सले स्वागत गरेको छ ।
नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले संशोधित प्रावधानअनुसार प्रस्तुत सम्झौता दुवै देशबीचको व्यापार तथा पारवहन सम्बन्धमा कोशेढुंगा हुने बताउँदै यसका लागि दुवै देशका सरकारलाई धन्यवाद दिएका छन् ।
अध्यक्ष मल्लले यसबाट नेपालको वैदेशिक व्यापारमा ठूलो सघाउ पुग्ने उल्लेख गर्दै चेम्बरले निकै समयदेखि व्यवसायिक लागत घटाउन पारवहन लागतमा कमी हुनुपर्नेमा जोड दिँदै आएकोमा यस संशोधित सम्झौताले पारवहन लागतमा कमी हुन गइ नेपाली उत्पादनका मालवस्तुहरू प्रतिष्पर्धी हुने विश्वास प्रकट गरे । यसबाट वैदेशिक व्यापार सन्तुलनमा टेवा पुग्ने उनको धारणा छ ।
प्रतिक्रिया