नेप्सेमा एकैदिन ७३.३३ अंकको वृद्धि

नेप्सेमा एकैदिन ७३.३३ अंकको वृद्धि



साताको पहिलो दिन नेप्से परिसूचकमा एकैदिन अधिकतम ७३.३३ अंकको वृद्धि भएको छ । आइतबार नेप्से परिसूचक अधिकतम ७३.३३ अंकले बढेर २,८९८.४३ बिन्दुमा पुगेको हो । गत साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक अधिकतम २३.७६ अंकले बढेर २ हजार ८२४.८९ बिन्दुमा उक्लिएको थियो भने आज ठूला ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १३.५१ अंकले बढेर ५४३.१६ बिन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

गत हप्ताको तुलनामा आइतबार नेप्से बढे पनि कारोबार रकम भने जम्मा ८ अर्ब रुपैयाँ हारहारीमा मात्र भएको बताइएको छ । नेप्सेका अनुसार आज कुल २२५ कम्पनीका ३ करोड १५ लाख भन्दामाथिको सेयर ८२ हजार ४९ पटक किनबेच हुँदा जम्मा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६ रुपैयाँको मात्र कारोबार भएको छ ।