संक्रमण दर बढ्दो, आइतबार थपिए १,८३१ नयाँ संक्रमित

संक्रमण दर बढ्दो, आइतबार थपिए १,८३१ नयाँ संक्रमित



नेपालमा कोरोना संक्रमणको दर क्रमशः बढ्दै गएको देखिएको छ । निषेधाज्ञा खुकुलो गरिएपछि संक्रमणको जोखिम पनि बढ्दै गएको स्वास्थ्य मन्त्रालयसम्बद्ध अधिकारीहरुको ठहर छ ।

यसैक्रममा आइतबार मुलुकमा १,८३१ नयाँ संक्रमित थपिएका छन् । एन्टिजेन्ट ३,६८३ र पीसीआर ५५३५ गरी ९,२१८ जना को नमुना परीक्षण गर्दा उक्त संख्यामा कोरोनासंक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९१ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बताइएअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाले ज्यान गुमाएका छन् भने १,५३३ संक्रमणमुक्त भएका छन् ।

पछिल्लो दुई हप्ताको तथ्यांकलाई हेर्ने हो भने मुलुकमा संक्रमण बढ्दै गएको देखिन्छ ।