सर्वोच्चको फैसलापछि देउवाको गृहजिल्लामा खुसीयाली

सर्वोच्चको फैसलापछि देउवाको गृहजिल्लामा खुसीयाली


  • डम्बर निदाल, डडेल्धुरा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौँ पटक देशको प्रधानमन्त्री बन्ने भएपछि उनको गृहजिल्ला डडेल्धुरामा खुसीयाली मनाइएको छ ।

सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेसँगै उनको गृहजिल्ला डडेल्धुरामा खुसीयाली मनाइएको हो ।

जिल्ला सदरकुकाम बागबजारमा भेला भएका काङ्ग्रेसका नेता–कार्यकर्ताले ‘सम्मानित सर्वोच्च अदालतको फैसलाको हार्दिक स्वागत गर्दछौैँ’, ‘नेपाली कांग्रेस जिन्दावाद’, ‘शेरबहादुर देउवा जिन्दावाद’ लगायत नारा लगाउँदै विजय उत्सव मनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ गते गरेकोे प्रतिनिधिसभा विघटनविरुद्धका विभिन्न निवेदनउपर सुनुवाइ गर्दै सर्वोच्चले आज प्रतिनिधिसभा विघटन संविधानको मूल्य–मान्यताअनुकूल नभएको भन्दै पुनस्र्थापना गर्ने फैसला गरेको छ ।

अदालतले नेपालको संविधानको धारा ७६(५) अनुसार देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।