नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने प्रधानमन्त्री देउवाको दृढोक्ति

नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने प्रधानमन्त्री देउवाको दृढोक्ति



प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताउनुभएको छ ।

आफ्नो निजी निवास बूढानीलकण्ठमा नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मंगलबार पद तथा गोपनीयताको शपथ लिनुभएका प्रधानमन्त्री देउवालाई राजदूत बेरीले सोही दिन सामाजिक सञ्जालमार्फत बधाई दिनुभएको थियो भने उहाँ आज प्रधानमन्त्री देउवालाई भेटन् देउवानिवास बूढानीलकण्ठ पुग्नुभएको हो । भेटमा प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच थप के विषयमा वार्तालाप भयो भन्ने खुलाइएको छैन । राजनीतिक टिप्पणीकारहरुले बहुचर्चित विषय एमसीसीबारे कुराकानी भएको हुन सक्ने अनुमान गरेका छन् ।

Photo Courtesy: Ambassdor Berry’s twitter