नियुक्तिको चार दिनपछि प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटारमा

नियुक्तिको चार दिनपछि प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटारमा



प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएको छ । उहाँ आज बिहान बूढानीलकण्ठबाट बालुवाटार सर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नै बालुवाटारस्थित सरकारी निवास छाड्नुभएको थियो ।

नवनियुक्त प्रधानमन्त्री देउवा भने ज्योतिषी हेराएर चार दिनपछि मात्र बालुवाटार प्रवेश गर्नुभएको हो ।