गैह्रआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा नन्दुलाई डिलाको समर्थन

गैह्रआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा नन्दुलाई डिलाको समर्थन


  • राजन घिमिरे

एनआरएनए अस्ट्रेलियाको निर्वाचन प्रतिस्पर्धाबाट अध्यक्षका प्रत्यासी डिला खरेल अन्ततः अलग्गिएका छन् । उनले सामाजिक सञ्जालमा आफ्ना भनाइहरू राख्दै यो पदका लागि नन्दु गुरुङलाई साथ समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘चुनावी प्रतिस्पर्धाबाट अलग्गिए पनि एक स्वयंसेवकका रुपमा सधैँ एनआरएनएको साथ रहनेछु‘- डिलाले भनेका छन् ।

डिलाले एनआरएनए अस्ट्रेलियाको सन् २०२१-२३ कार्यकालको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए । उनले धेरै एनआरएनप्रेमी अग्रज, साथीभाइ र शुभेच्छुकहरुबाट प्राप्त सल्लाह र सुझावपछि आफूले हाल अध्यक्ष पदको निर्वाचनबाट अलग हुने निर्णय गरेको बताएका छन् । थप स्पष्ट गर्दै उनले अगाडि भनेका छन् – ‘आफ्नो यस निर्णयबाट स्वयम् दुःखी र मर्माहत छु, तर व्यक्तिभन्दा संस्था र समाज ठुलो हो भन्ने भावनाले संस्थाको हित र सहयोगार्थ म यो निर्णयमा पुगेको हुँ ।’

खरेलले आफ्नो यो निर्णयबाट शुभेच्छुक, साथीभाइ, अग्रज, अभिभावक र परिवारजनलाई पर्न गएको असुविधा र चोटप्रति दुःख ब्यक्त गरेका छन् भने भविष्यमा आफ्ना शुभचिन्तकहरूको चाहना र सपनालाई पूरा गर्न आफू लागिपर्ने बताएका छन् ।

एक स्वयंसेवीका रुपमा डिलाले एनआरएन आइसीसी र एनआरएन अस्ट्रेलियाका सबै गतिविधि तथा कार्यक्रममा उत्तिकै सक्रिय र सहयोगी रहने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनले आफ्ना प्रत्यासी नन्दु गुरुङको नेतृत्व र अन्य पदका आकांक्षीहरुलाई साथ, माया, सम्मान र सहयोग रहने कुरा ब्यक्त गरेका छन ।