आइतबार थपिए १,८०१ जनामा संक्रमित, थप २३ जनाको मृत्यु

आइतबार थपिए १,८०१ जनामा संक्रमित, थप २३ जनाको मृत्यु


नेपालमा आइतबार थप १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १२२३ जना र एन्टिजेन विधिबाट ५७८ जनामा संक्रमण पुष्टि भएको हो । कूल ९,६२८ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेलापरेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २३४, भक्तपुरमा ३६ र ललितपुरमा ६४ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ९,५५० जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ को मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

बताइएअनुसार पछिल्लो २४ घण्टामा थप १६६७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६,३२,०७४ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४.७ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ ।

यतिबेला देशभर २२,८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २,६५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै, ५६१ जना आईसीयूमा छन् भने १६५ जना मात्र भेन्टिलेटरमा रहेका छन् ।