- राजन घिमिरे
पछिल्लो समय अष्ट्रेलियास्थित सिड्नीमा रहेको किंगस्टन इन्स्टिच्यूट अष्ट्रेलियाले विद्यार्थीहरूको मन जित्दै आइरहेको छ । अष्ट्रेलिया पुगेर उच्चशिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूको हकमा सकारात्मक सन्देश प्रवाह गरिरहेको किंगस्टनले विश्वसुहाउँदो र समयको मागअनुरूपको शिक्षालाई पनि अगाडि बढाइरहेको छ ।
यसैबीच किंगस्टनले डिप्लोमा अफ इन्फर्मेसन टेक्नोलोजी (नेटवर्किंग एण्ड साइबर सेक्यूरिटी) एड्भान्स डिप्लोमा अफ इन्फरमेसन टेक्नोलॉजी (साईवर सेक्युरिटी) विषयको अध्यापन शुरू गरेको छ । कलेजका प्रमुख दीपक खनालका अनुसार किंगस्टनले डिप्लोमा र एडभान्स डिप्लोमा अफ एप्लाइड ब्लकचेनको अध्यापनलाई पनि अगाडि बढाएको छ । यसको साथसाथै बिजनेस, एकाउन्टिन, लीडरसिप मैनेजमेन्ट र जेनरल इंग्लिश का विषय हरूको पनि अध्ययन गराइने बताइएको छ ।
सन २०१३ बाट सञ्चालनमा आएको यो कलेजले समयसुहाउँदो विषयलाई अंगीकार गर्नु नै किंगस्टनको विशेषता मानिएको छ । अध्ययन गरेर प्रमाणपत्र हात पार्नु मात्र सफलता नभएर त्यसको प्रयोग र त्यो शिक्षा समाज र मुलुकको लागि प्रयोगमा ल्याउन सक्नुलाई किंगस्टन इन्सिच्युट अष्ट्रेलियाले आफ्नो उपलब्धि ठानेको छ। ।
प्रतिक्रिया