अष्ट्रेलियाबाट आइसीसी सदस्यमा कार्कीको उम्मेदवारी

अष्ट्रेलियाबाट आइसीसी सदस्यमा कार्कीको उम्मेदवारी


  • राजन घिमिरे

भनिन्छ, गैरआवासीय नेपाली संघ सबै तह, तप्का, क्षेत्र, बिधा र पेशामा आवद्ध प्रवासी नेपालीहरूको साझा संस्था हो । केही हदसम्म यो मान्यतालाई संघले पूरा गरेता पनि पूर्ण रूपमा भने गर्न सकेको छैन । तर पनि यो संघसँग आवद्ध रहेर पछिल्लो समय समाजसेवामा समर्पित हुनेहरूको संख्या बढ्न थालेको छ । त्यसो त, संघको चुनाव आउँदा आकांक्षीहरू बढेको देखिए पनि संघले सधै उही अनुहार र उपस्थितिलाई भन्दा पनि फरक विधा, युवा जोश र आजको आधुनिक समयसँग आत्मसात गरेर यात्रा गरेकाहरूलाई महत्व दिनुपर्ने आवाज नउठेको पनि होइन ।

यसै क्रममा गैरआबासीय नेपाली संघ अष्ट्रेलियाको जुलाई ३१ तारेखका दिन हुन लागेको चुनाबमा आइसीसी सदस्य पदमा उम्मेदवारी दिएका अनन्त ऐलेक्स कार्कीको उम्मेदवारीले संघमा नयाँ उर्जा थपिएको दाबी गरिएको छ । पेशाले इञ्जिनियर कार्कीको उम्मेदवारीले आजका युवाको सोच, जाँगर र उद्देश्यलाई प्रतिनिधित्व गर्ने बताइएको छ ।

विगत १८ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा रहँदै आएका अनन्त ऐलेक्स कार्की अष्ट्रेलियन सरकारको सडक विभागमा इन्जिनियर पदमा काम गर्छन् । कार्की यो पोष्टमा पुग्ने थोरै नेपालीमध्ये पर्दछन् । सिड्नी सिटी लाइट रेलका इन्जिनियर कार्कीले एनआरएनए ओसिनियाको ग्लोबल कन्फ्रेन्समा इन्टरनेशनल ट्राफ़िक म्यानेज्मेन्ट सिष्टम र रोड सेफ़्टीको बारेमा प्रस्तुत गरेको पेपरले स्यावासी पाएको थियो । ‘विविध पेशा र ज्ञान भएकाहरूलाई पनि संघमा ल्याउनुपर्छ । कार्कीजस्ता ब्यक्तिलाई जिताउनु पर्छ’- अष्ट्रेलियावासी नेपालीहरूको धारणा छ ।

सन् २०१९ मा नेपालमा भएको ग्लोबल चुनावमा अष्ट्रेलियाको प्रतिनिधित्व गर्न सफल भएका कार्कीको आइसीसी पदको उम्मेदवारीलाई यतिबेला अष्ट्रेलियाबाट साथ र समर्थन जुट्ने देखिएको छ । संघले फरक विधा र क्षेत्रका ब्यक्ति ब्यक्तित्वहरूलाई पनि संघमा आवद्ध हुन आग्रह गर्नु अनि इन्जिनियर अनन्त ऐलेक्स कार्कीको उम्मेदवारी पर्नुलाई स्वागतयोग्य भनिएको छ ।