कोभिडका कारण नेपालमा सोमबार ३२ जनाको मृत्यु

कोभिडका कारण नेपालमा सोमबार ३२ जनाको मृत्यु



सोमबार नेपालमा २ हजार ४ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । ७ हजार ८३३ पीसीआर परीक्षणबाट १ हजार ६४२ जनामा र ३ हजार ८३१ एन्टिजेन परीक्षणबाट ८०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा ३३०, भक्तपुरमा ८८ र ललितपुरमा ५६ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ५८२ पुगेको मन्त्रालयले जनाएको छ।

बितेको २४ घण्टामा १ हजार २५८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २५ हजार ८३७ जना सक्रिय संक्रमित रहेका छन् ।