कम्पनीको लापर्वाहीका कारण मलेसियामा नेपाली कामदारको मृत्यु

कम्पनीको लापर्वाहीका कारण मलेसियामा नेपाली कामदारको मृत्यु


  • आरके श्रीवास्तव

कम्पनीको लापर्वाहीका कारण मलेसियामा काम गर्दै आएका नेपाली युवाको मृत्यु भएको छ । रौतहट पेटभर्वाका मदन बैठाको मलेसियामा दुःखद मृत्यु भएको हो ।

फतुवा विजयपुर नगरपालिका वार्ड नम्बर ६ पेटभर्वानिवासी अकल बैठाका पुत्र ३३ वर्षीय मदनको मलेसियामा मृत्यु भएको बैठा परिवारले जनाएको छ ।

सोमबार साँझ ५ बजेको समयमा अचानक असैह्य ढंगले पेट दुःखेपछि सँगै काम गर्ने साथीहरुले एम्बुलेन्स उप्लब्ध गराइदिन र अन्य सहयोगका लागि कम्पनीलाई हारगुहार गरे पनि कम्पनीले कुनै वास्ता नगरेको त्यहाँ कार्यरत नेपाली कामदारहरूले बताएका छन् । अवस्था गम्भीर हुँदा पनि अस्पताल लैजान कम्पनीका तर्फबाट पहलकदमी नलिँदा केहीबेरमै मृत्यु भएको बैठासँगै काम गर्ने भरत साहले जानकारी दिए ।

मदन करिव ४ वर्षअगाडि याका म्यानपावर काठमाडौंबाट मलेसियास्थित वाई एस इन्डष्ट्रिज बिएचडी कम्पनीमा काम गर्न गएका थिए । कम्पनीको लापर्बाहीका कारण बैठाको मृत्यु भएको परिवारिक स्रोतले बताएको हो । मृतकको शवलाई यथाशीघ्र नेपाल ल्याइदिन सम्बन्धित निकायसँग परिवारजनले माग गरेको छ । मृतक बैठाको एक श्रीमती र दुई वटा छोरा छन् ।