शनिबार सङ्क्रमणबाट २३ जनाको निधन, थप ३,१०६ मा सङ्क्रमण पुष्टि

शनिबार सङ्क्रमणबाट २३ जनाको निधन, थप ३,१०६ मा सङ्क्रमण पुष्टि



नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार १०६ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार १३ हजार ५१९ को परीक्षण गर्दा तीन हजार १०६ सङ्क्रमित थपिएको हो । अब नेपालमा कूल सङ्क्रमित सात लाख ५६ हजार ७३९ जना पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ७७५ जना सङ्क्रमित भएका छन् । काठमाडौंमा ५१७, भक्तपुरमा ९४ र ललितपुरमा १६४ जना नयाँ सङ्क्रमित पुष्टि भएको हो ।

यस्तै शनिबार एक हजार ९१६ जना पूर्ण स्वास्थ्यलाभ लिई घर फर्किएका छन् । स्वास्थ्यलाभ लिई घर फर्केनेको कूल सङ्ख्या अब ६ लाख ५४ हजार १७७ पुगेका छन् । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट २३ जनाको निधन भएको छ । यससँगै नेपालमा ९ हजार ८५७ जना पुगेका छन् ।

यस्तै, पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ पुगेका छन् । मन्त्रालयका अनुसार ती मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, कास्की, रुपन्देही र सुर्खेत रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २१ पुगेका छन् ।

यतिबेला आइसीयूमा ७०६, भेन्टिलेटरमा १६६, होम आइसोलेशनमा २८ हजार २५४ र संस्थागत आइसोलेशनमा तीन हजार १०१ जना रहेका मन्त्रालयले जनाएको छ ।