नेपाल विद्यूत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसालले हालका कार्यकारी निर्देशक हितेन्द्र शाक्यको राजीनामा माग्नुभएको छ ।
भुसालले प्रधानमन्त्री शेरबहादुर देउवाकै अघिल्तिर हितेन्द्रलाई बोलाएर मंगलबार (१९ साउन) राजीनामा माग्नुभएको हो । तर, हितेन्द्रले पदबाट राजीनामा नदिने भएका छन् । उनलाई सरकारले गत माघ २९ गते चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको थियो र, उनको कार्यसम्पादन मूल्याङ्कन हुन पनि आगामी असारसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ ।
प्रचण्डले केही दिनअघिदेखि नै हितेन्द्रलाई हटाएर कुलमानलाई नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब दिँदै आएका थिए, तर त्यसरी बहालवालालाई हटाएर नियुक्त गर्दा अदालतमा मुद्दा पर्ने भन्दै प्रधानमन्त्री देउवाले प्रचण्डको आग्रहलाई टार्दै आएका थिए ।
देउवा सकारात्मक नदेखिएको सूचना प्रचण्डबाट पाएपछि कुलमान घिसिङले विद्यूत् प्राधिकरणस्थित काङ्ग्रेसनिकट कर्मचारी सङ्गठनका मानिसमार्फत आरजु राणासँग भेट्न समय माग गरेका थिए, तर राणा कुलमानलाई भेट्न तयार भइनन् । त्यसपछि ऊर्जामन्त्री पम्फाले प्रधानमन्त्रकै अगाडि हितेन्द्रलाई बोलाएर राजीनामा मागेकी हुन् ।
प्रतिक्रिया