केही सातादेखि भारतमा उपचार गराइरहेका नेकपा (एमाले)का नेता झलनाथ खनालको सफलतापूर्वक प्रत्यारोपण गरिएको छ ।
भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आज उनको मिर्गौलाको प्रत्यारोषण गरिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन् ।
बताइएअनुसार नेता खनालको अस्पतालका सर्जन डा. सन्दीप गुलरियाको नेतृत्वको टोलीले प्रत्यारोपण गरेका हुन् भने अस्पतालमा नेता खनालको नेफ्रोलोजिष्ट डा. अखिल मिश्राको नेतृत्वको चिकित्सकको टोलीले उपचार गरिरहेको छ ।
ज्वरो नघटेको, पिसाब तथा रगतमा इन्फेक्सन र हेमोग्लोबिनको मात्रा कमी देखिएपछि थप उपचारका लागि पूर्वप्रधानमन्त्री समेत रहेका खनाललाई गत असार २ गते नयाँदिल्ली लगिएको थियो ।
file photo
प्रतिक्रिया