ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार (२० साउन) देखि सात वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले काठमाडौं जिल्लामा सीतापाइला, बालाजुचोक र असन, ललितपुर जिल्लामा धोबीघाट र भैंसेपाटी, भक्तपुर जिल्लामा गठ्ठाघर एव्म धादिङ जिल्लामा नीलकण्ठ नगरपालिको धादिङबेसीस्थित बीचबजारमा गरी एकै साथ सात नयाँ स्थानमा शाखा सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८० पुगेको बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले देशका ७६ जिल्लामा फैलिएको २८० शाखा सञ्जाल सहित २४८ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालयमार्फत आफ्ना २३ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया