नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या दश हजार नाघ्यो

नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या दश हजार नाघ्यो


शुक्रबार कोरोनाबाट २५ जनाको मृत्यु


नेपालमा पछिल्लो २४ घण्टामा ३७२९ जना कोरोनासंक्रमित थपिएका छन् । १५,६७५ नमुना (६१८२ एन्टीजेन र ९४९३ पीसीआर) परीक्षण गर्दा उल्लिखित संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ६४७ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४१७, ललितपुरमा १४७, भक्तपुरमा ८३ जना संक्रमित थपिएका छन् ।

यस्तै, नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । शुक्रबार थप २५ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या कूल संख्या १०,०१९ पुगेको छ ।