रेलयात्रुमाथि अन्धाधुन्ध चक्कुप्रहार

रेलयात्रुमाथि अन्धाधुन्ध चक्कुप्रहार


  • जापान प्रतिनिधि, टोकियो

जापानको राजधानी टोकियोमा शुक्रबार (अगस्ट ६) साँझ रेलभित्रै यात्रुमाथि अन्धाधुन्ध चक्कु प्रहार भएको छ । टोकियोको सेतागया वार्डमा ओदाक्यु लाइनमा एक व्यक्तिले यात्रुहरुमाथि चक्कु प्रहार गर्दा ६ जना घाइते भएको र घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीलाई उद्धृत गर्दै जापानी सञ्चारमाध्यमहरुले समाचार प्रकाशन गरेका छन् ।

घटना करिव राति ८ः३० बजेतिरको समयमा घटेको हो । समाचारमा जनाइए अनुसार ओदाक्यु लाइनको सेइजो गाकुएन स्टेसननजिकै गुडिरहेको ट्रेनमा चक्कु प्रहार भएको हो । उक्त घटनामा परेर ६ जना घाइते भएका छन् भने दुई जनाको अवस्था चिन्ताजनक छ ।

ओदाक्यु रेलवे कम्पनीका अनुसार नारुकी गाकुएनमाए र शोसिगया ओकिरा स्टेसनको बीचमा गुडिरहेको एक्स्प्रेस रेलमा करिव २० वर्ष उमेर समुहका जस्ता देखिने युवकले अन्धाधुन्ध चक्कु प्रहार गरे । सो ट्रेनको दशौँ डिब्बामा भएको उक्त घटना घटाउने ब्यक्ति ट्रेन रोकिनेबित्तिकै बाहिर निस्केर रेलको पटेरी हुँदै भागेको बताइएको छ । चक्कु प्रहार गर्ने युवाको खोजी कार्य तीव्र पारिएको छ ।