स्वास्थ्य मन्त्रालयद्वारा सबै परीक्षा स्थगन गर्न सिफारिस

स्वास्थ्य मन्त्रालयद्वारा सबै परीक्षा स्थगन गर्न सिफारिस


कोरोना सङ्क्रमण बढेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना सङ्क्रमण फैलँदै गएको परिस्थितिमा चार लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील रहेको उल्लेख गर्दै परीक्षा स्थगन गर्न सिफारिस गरिएको जानकारी दिए ।

सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिएको राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएहा हुन् ।

ज्ञातव्य छ, कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि सुरु गर्ने तयारी छ ।