नेपालमा २,५४८ थप संक्रमित, ५५ जनाको मृत्यु

नेपालमा २,५४८ थप संक्रमित, ५५ जनाको मृत्यु


नेपालमा आइतबार थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९५१ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ७४०, भक्तपुरमा ५६ र ललितपुरमा १५५ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ५५ जना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ।

देशभर हालसम्म ३५ हजार ४८५ सक्रिय संक्रमित छन् । आइतबार २ हजार २९ जना संक्रमणमुक्त भएका छन् ।