लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान, प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा

लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान, प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा



लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सर्मथनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि यही साउन २८ गते ३ बजेभित्र दाबी पेश गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सरकार गठनका लागि आह्वान गरेका प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले आज राजीनामा दिएका छन् । डिसीको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन् ।

मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट राजीनामा दिएसँगै मुख्यन्याधिवक्ता डिसीले पनि राजीनामा दिएका हुन् । संविधानको धारा १६० को खण्ड ‘क’ अनुसार डिसीले मुख्यमन्त्रीमार्फत बुझाएको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।