जापानमा एकैदिन १८,८२२ जना संक्रमित, नेपालीहरुलाई सजग गराइदिन आग्रह

जापानमा एकैदिन १८,८२२ जना संक्रमित, नेपालीहरुलाई सजग गराइदिन आग्रह


  • जापान प्रतिनिधि

अगष्ट १२ तारिख जापानमा एकैदिन १८,८२२ जना ब्यक्ति कोरोना भाइरसबाट बिरामी परेका छन् । जापानमा कोभिड-१९ को संक्रामक प्रकार डबल म्युटेन्ट भाइरस फैलँदो क्रममा रहँदा अवस्था थप बिग्रने क्रममा एकैदिन संक्रमितको सर्वाधिक संख्या पुष्टिको नयाँ रकेर्ड बनेको हो । बिहीबार एकैदिन जापानमा अहिलेसम्मकै धेरै कोरोनाका बिरामी पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार बिहीबारसम्म जापानमा कोरोना संक्रमण भएकाको संख्या १० लाख ९ ० हजार २ सय ३७ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म ९ लाख ५ हजार व्यक्ति निको भइसकेको जापानी स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ ।

यसैबीच जापानस्थित नेपाली दूतावासले सूचना प्रकाशित गरी नयाँ भेरियन्टसहितको कोभिड-१९ को संक्रमण जापानमा तीव्र रुपमा फैलिरहेको ब्यहोरा जानकारी गराउँदै यस महामारीबाट जोगिनका लागि अनावश्यक भीडभाडबाट टाढा रहने, घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने लगायत सुरक्षा सतर्कताका सम्पूर्ण उपायहरूको पूर्ण पालना गर्नु र गराउनुहुन सम्पूर्ण जापानवासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा राजदूतावासले अनुरोध गरेको छ।

यसै सन्दर्भमा टोकियो र नागोयालगायतका स्थानहरूमा नेपाली नागरिकहरूबाट सञ्चालित केही रेष्टुरेन्टहरूमा नेपाली नागरिकहरू जमघट हुँदा मास्क नलगाउने, पेय पदार्थ सेवन गर्ने र नाचगान गर्ने जस्ता कार्य भएको भन्दै सजग गराइदिन जापानको परराष्ट्र मन्त्रालयबाट समेत अनुरोध भइआएको हुँदा सचेत हुन आग्रह गरिएको छ ।