लुम्बिनी प्रदेश मुख्यमन्त्री पदमा कुलप्रसाद केसीद्वारा शपथ

लुम्बिनी प्रदेश मुख्यमन्त्री पदमा कुलप्रसाद केसीद्वारा शपथ



नवनियुक्त मन्त्रीहरूले पनि लिए शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ लिनुभएको लिएका छन् । धारा १७२ अनुरूप प्रदेश प्रमुख अमिक शेरचनबाट मुख्यमन्त्री केसीले शपथ ग्रहण गरेका हुन् ।

सपथ ग्रहणपछि मुख्यमन्त्री केसीले बिहीबारदेखि नै कार्यभार पनि सम्हालेका छन् ।

यसअघि दिउँसो तीन बजे प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६८(२) अनुसार ४ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । दुई वा दुईभन्दा धेरै दलको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

केसीले ४१ सदस्य रहेको नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेका थिए । केसी रोल्पा १ (क)बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

यस्तै, लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । नेकपा (माओवादी केन्द्र), नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका ६ जना मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ ग्रहण गरेका हुन् ।

मुख्यमन्त्री कुलप्रसाद केसीसहित सात सदस्यीय मन्त्रिपरिषद्मा ग्रामीण तथा शहरी विकासमन्त्रीका रूपमा डिल्ली चौधरी, आर्थिक मामिला तथा योजना मन्त्रीकामा कृष्णध्वज खड्का र भौतिक पूर्वाधार विकास मन्त्रीकामा सहसराम यादवले सपथ लिएका छन् । अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेङ्गाले विनाविभागीय मन्त्रीका रूपमा सपथ लिएका छन् ।

काङ्ग्रेसका चौधरी र माओवादीका कृष्णध्वज खड्का अनि जनता समाजवादी पार्टीका सहषराम यादव मन्त्री भएका हुन् । जनता समाजवादीका तर्फबाट ढेङ्गा र रायमाझीले मन्त्री पद पाएका छन् । स्वतन्त्र सांसद शाहीले पनि मन्त्रीको शपथ लिएकी छन् ।

  • तस्बिर रासस