एमालेको चिन्हबाट चुनाव जितेका स्वतन्त्र सांसद शाहीसँग एमालेले माग्यो स्पष्टिकरण

एमालेको चिन्हबाट चुनाव जितेका स्वतन्त्र सांसद शाहीसँग एमालेले माग्यो स्पष्टिकरण


  • बुटवल प्रतिनिधि

सूर्य चिन्हबाट चुनाव जितेर गठबन्धनको सरकारमा सहभागी भएको भन्दै लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री अजय शाहीलाई एमालेले स्पष्टिकरण सोधेको छ ।

बिहीबार मुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र सांसद रहेका शाहीलाई विनाविभागीय मन्त्रीको शपथ खुवाएका थिए ।

एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले एमालेको सूर्य चिन्हबाट चुनाव जितेपछि दलको ह्वीप लाग्ने भन्दै कारवाही गर्न लागिएको जानकारी दिएका छन् ।