- बुटवल प्रतिनिधि
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा अमरबहादुर डाँगीलाई नियुक्त गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथग्रहणलगत्तै बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले डाँगीलाई मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।
मन्त्री एवम् सरकारका प्रवक्ता कृष्णध्वज खड्काले सहायक राज्यमन्त्री स्तरको सेवा सुविधा पाउने गरी डाँगीलाई मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त गरेको जानकारी दिए।
नेकपा एमालेका तत्कालिन सांसद डाँगीले गत वैशाख २२ गते पदबाट राजीनामा दिएपछि तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा पर्दै गएका थिए ।
दाङ क्षेत्र नम्बर २ ख बाट प्रदेशसभा सदस्य निर्वाचित डाँगी घोराही उपमहानगरपालिकाका पुर्वमेयर समेत हुन् ।
प्रतिक्रिया