विदेश जानेको चाप बढेपछि थप तीन अस्पतालबाट खोपको प्रमाणिकरण हुने व्यवस्था

विदेश जानेको चाप बढेपछि थप तीन अस्पतालबाट खोपको प्रमाणिकरण हुने व्यवस्था



विगतमा कोरोनाविरुद्धको भ्याक्सिन लगाएका व्यक्तिलाई वैदेशिक यात्राको प्रयोजनका लागि थप तीन अपतालबाट खोपको प्रमाणिकरण गर्न किने व्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यसअघि टेकु अस्पतालबाट हुँदै आएकामा अब त्यसका अतिरीक्त पाटन, नेपाल प्रहरी तथा निजामती अपतालबाट प्रमाणीकरण गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यसअघि टेकु अस्पतालबाट मात्रै प्रमाणीकरण हुँदै आएको थियो । विदेश जाने मानिसको चाप बढ्दै गएकाले उक्त व्यवस्था गरिएको गृह मन्त्रालयले शुक्रबारजारी गरेको सूचनामा उल्लेख छ । यसअघि उपत्यका बाहिरका ५० शैयाभन्दा माथिका सरकारी अस्पतलासमेतबाट खोप प्रमाणीकरण गर्ने व्यवस्था थियो ।

जारी सूचनामा कतिपय मुलुकले क्यूआर कोडसहितको खोप प्रमाणीकरणलाई मात्रै मान्यता दिने गरेको सन्दर्भलाई दृष्टिगत गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेव साइट https://vaccine.mohp.gov.np मा खोप लगाएको विवरण प्रविष्ट गरी प्रमाणीकरण गर्न सकिनेछ । आवश्यक कागजात अनलाइन फर्ममा रहेको कबुलियतनामाको नमूना अपलोड गरी उक्त कोड प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ ।

यसरी अपलोड भएका कागजात स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनलाइनबाट स्वतःप्रमाणीकरण हुने हुनाले क्यूआर कोड सबैले पाउने व्यवस्था मिलाइएको छ । यस विषयमा कुनै समस्या परेमा वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक झा (मोवाइल ९८४३२८४३५२ मा)लाई सम्पर्क गर्न सकिने गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा छ ।