पेट्रोलपम्पमा काम गर्ने सइको अनपेक्षित कमाइ, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

पेट्रोलपम्पमा काम गर्ने सइको अनपेक्षित कमाइ, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर



प्रहरी सहायक निरीक्षकको वैधानिक कमाई कति होला ? कानूनले तोकेअनुसार नै हुन्छ । आम मानिसले जान्ने कुरा यही हो । तर प्रहरी कल्याण कोषले सञ्चालन गरेको पेट्रोलपम्पमा कार्यरत प्रहरी सहायक निरीक्षकले गैरकानूनी रूपमा रु एक करोड तीन लाख ९७ हजार ९३७ बराबरको कमाई गरेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा दायर गरेको मुद्दाअनुसार प्रहरी कल्याण कोषमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी भ्रष्टाचार गरेको पाइएको छ ।

पेट्रोलपम्पमा पदीय हिसाबले कार्यरत रहँदा हानिनोक्सानी गरेको सप्रमाण पुष्टि भएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

symbolic image