चुनाब चिन्ह ‘खुला पुस्तक’ राखिने
राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी भएलगत्तै माधव नेपाल समूले नयाँ दल दर्ताको तयारी गरेको छ । सो समूहले नयाँ दलको नाम ‘नेकपा एमाले समाजवादी’ तय गर्नुका साथै चुनाव चिन्ह ‘खुला किताब’ राख्ने निर्णय भएको बताइएको छ ।
नयाँ बानेश्वरस्थित अर्याल होटलमा बुधबार दिनभर नेपाल समूहको तर्फबाट नयाँ पार्टी दर्ताका लागि हस्ताक्षर संकलनको काम जारी राखिएको छ भने समूहका नेता नेपालले इमान्दार, नैतिकवान, आदर्श कम्युनिष्टहरुको संगठन जन्मन लागेको जनाएका छन् । अहिले हच्किएका व्यक्तिहरु पनि पछि आफ्नो पार्टीमा संलग्न हुने दाबी उनले गरेका छन् ।
प्रतिक्रिया