जापानमा बुधबार दैनिक संक्रमित संख्याको हालसम्मकै उच्च रेकर्ड !

जापानमा बुधबार दैनिक संक्रमित संख्याको हालसम्मकै उच्च रेकर्ड !



टोकियो , जापान

कोभिड-१९ भाइरसको विभिन्न संक्रामक प्रकार फैलिएर महामारीको उग्र चरणमा प्रवेश गरेको जापानमा उच्च संक्रमित संख्याको फेरि अर्को रेकर्ड बनेको छ ।

अगष्ट १८ तारिख जापानी समयअनुसार साँझ ६ः३० बजेसम्ममा जापानमा एकैदिन करिव २४ हजार नयाँ कोरोनाका बिरामी थपिएका छन् ।

एनएचके समाचार संस्थाका अनुसार बुधबार कम्तिमा २३ हजार ९ सय १७ जनामा संक्रमण पुष्टि भएको छ । जापानमा कोरोना भाइरस फेला परेयताकै दैनिक संक्रमित संख्याको यो उच्च रेकर्ड हो ।