ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई स्वस्थ नारी पहल’

ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई स्वस्थ नारी पहल’


ग्लोबल आइएमई बैंक लिमिटेडले महिलालाई सशक्त बनाउने प्रयासस्वरुप आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल परिवार नियोजन संघसँगको समन्वयमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन गरेको छ ।

यसअन्तर्गत बैंकले सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिकास्थित सहारे स्वास्थ्यचौकीमा महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

बैंकले यसअघि महिलालाई आर्थिक रूपमा सशक्त बनाउनका लागि मेरी उनीलाई मुद्धती बचत खाता संचालनमा ल्याएको छ । मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत महिलालाई शारीरिक रुपमा सशक्त बनाउने बैंकको यो अर्को महत्वपूर्ण प्रयास रहेको बैंकले जनाएको छ ।

स्वास्थ्य शिविर ग्रामीण तथा अर्धशहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैकले लिएको छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थासँगको समन्वयमा विपन्न तथा पिछडिएका महिलाहरुको स्वास्थ्य तथा अन्य सरोकारका विषयसँग सम्बन्धित विभिन्न कार्यक्रम गर्दै आएको छ ।