नेपालमा कोभिड महामारीमा परेर हालसम्म १०,४८५ को मृत्यु

नेपालमा कोभिड महामारीमा परेर हालसम्म १०,४८५ को मृत्यु



नेपालमा शनिबार थप २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ७५ नमूना परीक्षणमध्ये एक हजार ४२४ पीसीआर र ६५१ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

यससँगै नेपालमा हालसम्म ८ लाख २५ हजार ७३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा १०३ जना संक्रमित थपिएका हुन्।

यस्तै, पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ भने यससँगै नेपालमा कुल मृत्यु संख्या १० हजार ४८५ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ६ लाख ९५ हजार ९२५ पुगेको छ ।