- भैरहवा प्रतिनिधि
रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला धरौटीमा छुटेका छन् ।
जबर्जस्ती करणी मुद्दा लागेका अभियुक्त शुक्ला ५ लाख ५० हजार रुपैयाँ धरौटीमा मंगलबार छुटेका हुन् । रुपन्देही जिल्ला अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिएलगत्तै उनी छुटेका छन् ।
स्थानीय एक महिलाले जबर्जस्ती करणीको उजुरी दिएपछि प्रहरीले शुक्लालाई गत साउन २८ गते पक्राउ गरेको थियो ।
दुवै पक्षको बहसपछिअदालतले तोकेको धरौटी रकम बुझाएर शुक्ला रिहा भएको अदालतका स्रेतेदार शोभाकर खरेलले जानकारी दिए । शुक्लाको तर्फबाट कानून व्यवसायी धर्मराज खड्का, साविर खाँन, प्रदीप कुमार यादव र सुनिल कुमार त्रिपाठीले बहस गरेका थिए ।
प्रहरी हिरासतमा बसेको १३औँ दिनमा शुक्ला छुटेका हुन् । थुनछेक बहसपछि न्यायाधीश मातृकाप्रसाद मरासेनीको इजलासले मंगलबार शुक्लालाई धरौटीमा छाड्न आदेश गरेको थियो ।
प्रतिक्रिया